PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिड्दै



पहिलोपोस्ट

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिड्दै
फाइल फोटो क्यान

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज उपाधिका लाग नेपाल र पपुवा न्युगिनी भिड्दैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै मलेसियालाई रनरेटमा पछि पारेर फाइनलमा स्थान बनाएको हो।

नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले सिरिजका अहिलेसम्मको खेलमा टिममा परीक्षण गरेको भए पनि अब फाइनलमा कडा प्रतिस्पर्धा गर्दै च्याम्पियन बन्ने लक्ष्य लिएको बताए। त्यस्तै पीएनजीका कप्तान असद भालाले नेपाल बलियो टोली रहेको भन्दै रणनीति बनाएर खेल्ने बताए।

जारी सिरिजकै पछिल्ला दुई खेलमा नेपालले क्रमश ३७ रन र १५ रनले पपुवान्युगिनीमाथि जित निकालेको थियो। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell