.jpg)
काठमाडौं : जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग माओवादी नेता र नायिका रेखा थापाको भेट भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको भेटमा पुराना विषयमा कुराकानीसमेत भएको पूर्वप्रधानमन्त्री बाबुरामले उल्लेख गरेका छन्।
कुनै बेला तीनै जना नेता एकै पार्टीमा रहेको स्मरणसमेत बाबुरामले गरेका छन्। बाबुराम र वर्षमान युद्धबाटै माओवादीमा थिए भने शान्ति स्थापनापछि नायिका रेखा थापा पेरिसडाँडा पुगेर पार्टी प्रवेश गरेकी थिइन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका थिए। रेखा अहिले राप्रपामा छिन्। राप्रपाको पछिल्लो महाधिवेशनमा रेखाले महामन्त्रीमासमेत प्रतिस्पर्धा गरेकी थिइन्।
यता बाबुराम भने नयाँ शक्ति हुँदै जसपामा छन्। वर्षमान माओवादीमै। यही सन्दर्भमा तीन नेताबीच 'लालुपाते नुग्यो भुईतिर कि लाउ माया मैतिर कि लाउ माया उहीतिर, ए निर नलाउँ दुईतिर,' गीतको प्रसंग जोडेर कुराकानी हुँदा तीनतिर पो भइयो भनेर हाँसो चलेको बाबुरामले उल्लेख गरेका छन्।
'एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासॅग जम्काभेट! ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!' भट्टराईले फेसबुकमा लेखेका छन्।