PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

‘ग्रहण’मा विनय र नम्रताको जोडी, १४ वर्षपछि एकसाथ देखिँदै



पहिलोपोस्ट

‘ग्रहण’मा विनय र नम्रताको जोडी, १४ वर्षपछि एकसाथ देखिँदै

काठमाडौं: विनय श्रेष्ठ र नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ग्रहण’ निर्माणको घोषणा भएको छ। निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा कार्यक्रमबिच घोषणा गरिएको हो।

विनय र नम्रतासँगै सारुक ताम्राकारको समेत फिल्ममा अभिनय रहनेछ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यस फिल्ममार्फत एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

यो फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेको हो। थ्रीलर ड्रामा जनराको फिल्म भारतको सिक्किममा र नेपालमा छायांकन हुनेछ।

फिल्ममा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र निर्देशक गुरुङको कथा रहेको छ। अन्य कलाकार तथा प्राविधिकहरूको छिट्टै छनोट गरिने निर्देशक गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell