PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

युक्रेनले लगाएको 'नरसंहार' आरोपलाई रसियाले भन्यो 'प्रोपागान्डा'



पहिलोपोस्ट

युक्रेनले लगाएको 'नरसंहार' आरोपलाई रसियाले भन्यो 'प्रोपागान्डा'
Photo : Getty Images

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियामाथि ‘नरसंहार’ को आरोप लगाएका छन्। कीभ नजिकैको बुचा शहरको सडकमा मानिसहरु मृत फेला परेपछि रसियाको आलोचना भइरहेको छ। त्यसैलाई इंगित गर्दै जेलेस्कीले रसियाली सेना ‘नरसंहार’मा उत्रिएको बताएका हुन्।

रसियाले युक्रेन र युक्रेनी जनतालाई नै समाप्त पार्ने प्रयास गरिरहेको आरोप उनले लगाएका छन्। युक्रेनमा भएका सबै अपराधको अनुसन्धान हुने समेत उनले बताएका छन्। पश्चिमा राष्ट्रहरुले समेत रसियाको विरोध गरिरहेको छ।

रसियाले भने युक्रेनको उक्त आरोपलाई ‘प्रोपागान्डा’को संज्ञा दिएको छ। रसियाले बुचा र इरपीन शहरमा सर्वसाधारणमाथि आक्रमण नगरिएको दाबी गरेको छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धका कारण युक्रेनबाट लाखौं मानिस पलायन भइसकेका छन् भने सयौंको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell