PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

मार्च महिनामा नेपाल आए ४२ हजार बढी विदेशी पर्यटक



पहिलोपोस्ट

मार्च महिनामा नेपाल आए ४२ हजार बढी विदेशी पर्यटक

काठमाडौं : सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्।

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। पर्यटक आगमनको संख्या कोभिड १९ महामारीपछिकै यो सबैभन्दा बढी हो। यो वर्षको सुरुवाती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटकको आगमन बढिरहेको छ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell