PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

भरतपुर महानगरपालिका-२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतवार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell