PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

त्रिदेशीय सिरिजको फाइलनमा टस हारेर ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

त्रिदेशीय सिरिजको फाइलनमा टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको फाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दैछ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेको पपुवा न्युगिनिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै मलेसियालाई रनरेटमा पछि पारेर फाइनलमा स्थान बनाएको हो।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका अहिलेसम्मको खेलमा टिममा परीक्षण गरेको भए पनि अब फाइनलमा कडा प्रतिस्पर्धा गर्दै च्याम्पियन बन्ने लक्ष्य लिएको बताए। त्यस्तै, पीएनजीका कप्तान असद भालाले नेपाल बलियो टोली रहेको भन्दै रणनीति बनाएर खेल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell