PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

माछा मार्न गएका युवक तमोर नदीमा बेपत्ता, खोजी कार्य जारी



रासस

माछा मार्न गएका युवक तमोर नदीमा बेपत्ता, खोजी कार्य जारी
फाइल फोटो।

ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए।

घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell