PahiloPost

May 15, 2025 | २ जेठ २०८२

दृश्यमा नक्साल भगवती जात्रा, खटलाई यसरी ठोक्याइयो पशुपतिको मूल ढोकामा

दृश्यमा नक्साल भगवती जात्रा, खटलाई यसरी ठोक्याइयो पशुपतिको मूल ढोकामा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनिवार राति नक्सालमा युवादेखि वृद्धवृद्धाहरु भेला भए। पाहाँ च:ह्रे पर्वमा रमाइरहेका उनीहरु राति हुने नक्साल भगवतीको जात्रामा सहभागी हुँदै थिए।

पाहाँ च:ह्रको तेस्रो दिन नक्साल भगवतीलाई पशुपति र जयबागेश्वरीमा रहेको बत्छलेश्वरीको दर्शन गराउने परम्परा छ। त्यही सिलसिलामा नक्साल भगवतीको मूर्तिलाई शनिवार राति नक्साल लगिएको थियो।

पशुपतिमा लगेर नक्साल भगवतीको प्रतिमा रहेको खटलाई पशुपतिको मूल ढोकामा तीनपटक ठोक्याइएको थियो। यस्तै, जयबागेश्वरीमा बत्छलेश्वरी माइकहाँ पनि नक्साल भगवतीको खट लगेर ठोक्याइएको थियो। आफ्नी दिदी बत्छलेश्वरीलाई भेटाउन हरेक वर्ष पाहाँ च:ह्रेको तेस्रो दिन नक्साल भगवतीलाई पशुपति लग्ने गरिएको कथन रहेको स्थानीय रामकृष्ण महर्जन बताउँछन्।

उनले मल्लकालदेखि नै पाहाँ च:ह्रेमा नक्साल भगवतीलाई पशुपति लग्ने परम्परा रहेको बताए। उनले यसरी पशुपति र बत्छलेश्वरीमा नक्साल भगवतीको खटलाई ठोक्याउनु भनेको विदाइ स्वरुप दर्शन गर्न लगिएको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell