PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नेपालले पीएनजीलाई दियो १ सय ६९ रनको लक्ष्य, अर्धशतक पूरा गरेका ऐरीले पार गरे हजार रनको आँकडा



पहिलोपोस्ट

नेपालले पीएनजीलाई दियो १ सय ६९ रनको लक्ष्य, अर्धशतक पूरा गरेका ऐरीले पार गरे हजार रनको आँकडा
फाइल फोटो: क्यान

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको हो।

नेपालका लागि ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन रन जोड्दा सुखद सुरुवात गरेको नेपालको मिडल अर्डरका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउँदा ठूलो स्कोरबाट चुकेको थियो। अनुभवी ब्याट्सम्यान आरिफ शेख र दीलिप नाथ शुन्य रनमै पेभेलियन फर्किँदा पछिल्लो समय उच्च फर्ममा रहेका रोहित कुमार पौडेल पनि २ रन बनाएर आउट भए। नेपाली टोलीले १२ औं ओभरमा ३ विकेट गुमाउँदै रन जोड्न नसक्दा दवाबमा आएको थियो। त्यस्तै, मोहम्मद आदिल आलमले १५ रन बनाएका थिए।

नेपालको धर्मराएको ब्याटिङलाई दीपेन्द्रसिंह ऐरी र करण केसीले सम्हालेका थिए। ऐरीले अर्ध शतकीय पारि खेल्दै ५४ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका केसीले १२ बलमा १ छक्का र ५ चौकाको सहायतामा ३३ रन जोडे। ब्‍याक टू ब्याक उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी २० इन्टरनेशनलमा १ हजार रनको आँकडा पार गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

बलिङतर्फ पीएनजीका सेमो कामेनाले सर्वाधिक ३ विकेट लिँदा चाड सोपर, कबुआ मोएरा, रिले हेकुरेले समान १ विकेट लिए।

पपुवा न्युगिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell