कोलम्बो : श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड क्याबरलले आफ्नो पदबाट राजीनामा दिएका छन्। चरम आर्थिक संकटसँगै राजनीतिक संकटबाट गुज्रिरहेको अवस्थामा उनले राजीनामा दिएका हुन्।
विदेशी मुद्राको चरम अभाव खेपिरहेको श्रीलंका आर्थिक हिसाबले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ। इन्धनको अभावका साथै लोडसेडिङ र चर्को महँगीको मार खेपिरहेको मुलुकमा मन्त्रीहरुले पनि राजीनामा दिएपछि संकट थप गहिरिएको हो। मन्त्रीहरुले राजीनामा दिएपछि उनले पनि पद त्यागको घोषणा गरेका हुन्।
श्रीलंकामा अहिले संकटकाल लागू गरिएको छ। त्यसको विरोधमा जनस्तरबाटै प्रदर्शन जारी छ। मौलिक हक लगायतका अधिकारलाई निस्तेज बनाउँदै संकटकाल लागू गरिएलगत्तै देशव्यापी कर्फ्यू समेत लगाइएको छ।
