PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

निर्माणधीन पुल भत्किँदा स्याङ्जामा आठजना घाइते, दुईजनाको अवस्था गम्भीर



पहिलोपोस्ट

निर्माणधीन पुल भत्किँदा स्याङ्जामा आठजना घाइते, दुईजनाको अवस्था गम्भीर

पोखरा : स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतवार राति जिल्लाको चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किँदा आठ जना मजदुर घाइते भएका हुन्।

प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार स्याङ्जाको दामाचौर–रामपुर पाल्पा जोड्ने पुल निर्माण काम गरिरहेका मजदुर घाइते भएका हुन्। निर्माण क्रममा क्रेनले फलामको बिम उचाली जोड्ने काम गरिरहँदा मजदुर घाइते हुन पुगेका हुन्।

घाइते हुनेमा रौतहट बस्ने २४ वर्षीय प्रेम धन पटेल, बारा बस्ने २२ वर्षीय कुमार पटेल, बारा हरिहरपुर ८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल छन्। यस्तै, भारत बिहार बस्ने बर्ष २५ का धनन्जय ठाकुर ,२१ वर्षीय सुजित कुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुप कुमार राव पनि घाइते भएका छन्। गोरखा मिरासन गाउँपालिका ४ बस्ने २३ वर्षीय सृजन परियार पनि घाइते भएका छन्।  

घाइते आठ जनामध्ये धनन्जय ठाकुर र कुमार पटेलको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुवैजनाको पाल्पा अस्पतालमा उपचार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell