PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

असली कम्युनिष्ट पार्टी भनेकै एकीकृत समाजवादी हो : माधव नेपाल



पहिलोपोस्ट

असली कम्युनिष्ट पार्टी भनेकै एकीकृत समाजवादी हो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन्। आज विराटनगर पुगेका उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन एक भएर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिगमन निम्त्याएको र अहमकारी बनेकाले नै गठबन्धनको आवश्यकता भएको बताए।

स्थानीय तह निर्वाचनमा ‘विन विन’को सिद्धान्तले गठबन्धन हुने उनको दाबी छ। नेपालले नेकपा एकीकृत समाजवादी नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास समेत व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell