PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

दीपेन्द्रसिंह ऐरीको अर्धशतक र ४ विकेट : नेपालले जित्यो त्रिदेशीय सिरिज



पहिलोपोस्ट

दीपेन्द्रसिंह ऐरीको अर्धशतक र ४ विकेट : नेपालले जित्यो त्रिदेशीय सिरिज
फाइल फोटो : क्यान।

काठमाडौं : नेपालले त्रिदेशीय सिरिज जितेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै सिरिज जितेको हो। त्रिदेशीय सिरिजमा नेपाल, मलेसिया र पपुवा न्युगिनी सहभागी थिए 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हरायो।

आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको हो।

नेपालका लागि ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोड्दा सुखद सुरुवात गरेको नेपालको मिडल अर्डरका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउँदा ठूलो स्कोरबाट चुकेको थियो। अनुभवी ब्याट्सम्यान आरिफ शेख र दीलिप नाथ शुन्य रनमै पेभेलियन फर्किँदा पछिल्लो समय उच्च फर्ममा रहेका रोहित कुमार पौडेल पनि २ रन बनाएर आउट भए।

नेपाली टोलीले १२औँ ओभरमा ३ विकेट गुमाउँदै रन जोड्न नसक्दा दवाबमा आएको थियो। त्यस्तै, मोहम्मद आदिल आलमले १५ रन बनाएका थिए।

नेपालको धर्मराएको ब्याटिङलाई दीपेन्द्रसिंह ऐरी र करण केसीले सम्हालेका थिए। ऐरीले अर्ध शतकीय पारि खेल्दै ५४ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका केसीले १२ बलमा १ छक्का र ५ चौकाको सहायतामा ३३ रन जोडे। ब्‍याक टू ब्याक उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी-२० इन्टरनेशनलमा १ हजार रनको आँकडा पार गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

बलिङतर्फ पीएनजीका सेमो कामेनाले सर्वाधिक ३ विकेट लिँदा चाड सोपर, कबुआ मोएरा, रिले हेकुरेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो। पपुवा न्युगिनीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाउँदा चार्ल्स अमिनीले १५ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा करन केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell