PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउने अन्तिम दिन आज : बालुवाटारमा चुनावी रणनीतिबारे छलफल हुँदै



पहिलोपोस्ट

गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउने अन्तिम दिन आज : बालुवाटारमा चुनावी रणनीतिबारे छलफल हुँदै
फोटो : PMO

काठमाडौं : स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्ने सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्रीनिवासमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलगायत सहभागी छन्।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे चैत १७ गते औपचारिक निर्णय गरेको गठबन्धनले अहिले स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुको अवस्थाबारे अध्ययन गरिरहेको छ। मंगलवार सबै पार्टीले आआफ्नो अवस्थाबारे गठबन्धनलाई रिपोर्टिङ गर्ने समय तोकिएको थियो। चैत २२ गतेसम्म आएको रिपोर्टिङका आधारमा स्थानीय तहको उम्मेद्वारको भागबण्डा लगायतका काम हुने गठबन्धनले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell