PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

बुद्धि र अञ्जली अभिनीत फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने



पहिलोपोस्ट

बुद्धि र अञ्जली अभिनीत फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी शुक्रवार अर्थात चैत्र २५ गते रिलिज हुने पक्का भएको हो।

तारा शंकर फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशन रहेको छ। फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, जयनन्द लामा, सुजन पुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

शंकर कार्कीको कथा र कार्यकारी निर्माण रहेको फिल्मको निर्मातामा प्रेम श्रेष्ठ, सह निर्मातामा भक्तबहादुर नेपाली र मेशर बहादुर नेपाली छन्। शुशील डाँगीको छायाङ्कन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्।

दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दबदबाबिच यो फिल्म सिंगल थिएटरमा रिलिज हुनेछ।

 

                       

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell