PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा



पहिलोपोस्ट

तीन जना एआईजी बढुवा विरुद्धको रिट निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा निर्णयविरुद्ध परेको रिट निवेदनको आज पनि पेशी चढेको छ।

डीआईजी इश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको पेशी चढेको हो। तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा रहेको छ। सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो।

एआईजी बढुवाविरुद्ध डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। मन्त्रिपरिषद् बैठकले डीआईजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell