PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

७७ प्रकारका मतपत्र छाप्दै आयोग, डोल्‍पामा सानो काठमाडौंमा सबैभन्दा ठूलो



पहिलोपोस्ट

७७ प्रकारका मतपत्र छाप्दै आयोग, डोल्‍पामा सानो काठमाडौंमा सबैभन्दा ठूलो

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाई गर्ने भएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाईको काम गरिरहेको छ। 

निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन प्रयोजनका लागि २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

जसमध्ये सबैभन्दा कम डोल्पा जिल्लाका लागि १६ लहरको मतपत्र छापिने छन्। काठमाडौंमा सबैभन्दा ठूलो मतपत्र हुने छ। काठमाडौं जिल्लाका लागि आयोगले ५६ लहरको मतपत्र छाप्दै छ। 

निर्वाचन प्रयोजनका लागि आयोगले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम चलाइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। जसमध्ये विराटनगर, धुलिखेल, बुटवल र नेपालगंजमा निर्वाचन सामाग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ। 

आयोगले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका-२०७८,  निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका स्वीकृत गरी कार्यान्वयन गरेको छ।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell