PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निर्वाचन आयोगमा एक्कासी लफडा, आचार संहिता पालनाको प्रतिवद्धता खोज्दा साना दल उत्रिए विरोधमा

निर्वाचन आयोगमा एक्कासी लफडा, आचार संहिता पालनाको प्रतिवद्धता खोज्दा साना दल उत्रिए विरोधमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले आचार संहिता पालना सम्बन्धि दलहरुलाई बोलाएर राखेको परामर्श कार्यक्रममा लफडा भएको छ। 

आयोगले ठूला राजनीतिक दलहरुलाई मात्र चिनेको र साना राजनीतिक दललाई बेवास्ता गरेको भन्दै आयोगमा पुगेका साना दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठूला दलका प्रतिनिधिको कुरा राखेर कार्यक्रम समाप्त गर्न खोजेपछि साना राजनीतिक दलका प्रतिनिधिहरुले विरोध गरे। 

कार्यक्रममा लफडा भएपछि आयोगले पत्रकारहरुलाई समेत बाहिर निकालेको थियो। 

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिहरुले आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगले विभिन्न समितिहरुको गठन गरेको जानकारी दिएका थिए। साथै उनले प्रत्येक स्थानीय तह स्तरमा मुख्य निर्वाचन अधिकृत वा अधिकृतको अध्यक्षतामा स्थानीय तहको सम्बन्धित राजनीतिक दलको अनिवार्य प्रतिनिधित्व हुने गरी समिति गठन गरिने जानकारी गराए। 

कार्यक्रममा उच्चस्तरीय अनुगमन समितिका संयोजक तथा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सात राजनीतिक दलले आचार संहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको पत्र पढेर सुनाए।

'आचार संहिता कुनै दल र व्यक्ति विशेषलाई मात्र नभई सरकार, सरकारमा रहेका व्यक्ति, आयोगका प्रतिनिधि, आयुक्तहरु सबैले आम रुपमा परिपालन गर्नुपर्ने आचारसंहिता हो। आचार संहितामा धेरै नयाँ विषयबस्तुलाई समेट्न खोजेता पनि दुई वर्ष देखि दलहरुलाई आचार संहितामा सुझाव मागिएको र सुझाव अनुसार आचारसंहिता बनाएको,' भन्दै भण्डारीले दलहरुलाई स्वामित्व लिन अनुरोध गरे।  

'आयोग र दलहरुको तर्फबाट हामी प्रतिवद्धता पत्र तयार गरौँ र पालना गरौँ। अनी हामी यसलाई तल्लो तहसम्म लिएर गयौँ भने आचार संहिता पालना हुन्छ,' उनले भनेका थिए। 

आयोगका आयुक्त तथा अनुगमन समितिका संयोजक भण्डारीले प्रतिवद्धतापत्रको मस्यौदा सुनाएपछि आयोगमा दलका प्रतिनिधिहरुले विरोध जनाए। उनले कार्यक्रम समापन गर्न प्रमुख आयुक्तलाई कार्यक्रम समापन गर्न माइक दिए। त्यसपछि थप विरोध भयो। प्रमुख आयुक्त थपलियाले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न बोलाएको हो छलफलका लागि होइन् भन्ने जवाफ फर्काए। त्यसपछि थप चर्काचर्की भयो। चर्काचर्कीपछि प्रहरीले कार्यक्रममा उपस्थित पत्रकारहरुलाई बाहिर निकालेको हो।   



ट्रेन्डिङ पोस्ट

Ncell