
काठमाडौं : उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको हत्या भएको छ।
बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरेको अवस्थामा शव बरामद भएको थियो।
‘हत्या भएको जानकारी आएको छ। थप टोली पठाएर अनुसन्धान गर्ने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले भने।