1.jpg)
काठमाडौंः जवर्जस्ती करणी मुद्दामा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल)लाई तनहुँ कारागारबाट पूर्वी नवलपरासी लगिएको छ। जिल्ला अदालत नवलपरासीमा शाहविरुद मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो।
जिल्ला अदालत तनहुँको आदेशले शाहलाई थुनामा पठाउन आदेश दिएको थियो। चैत १० गते न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो।
नाबालिकालाई जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि फागनु १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जवर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको थियो। नवलपुरमा पनि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको थियो।
अभिनेता शाहले भने आफूले रिहा भएर मुद्दा लड्न पाउनुपर्ने भन्द उच्च अदालत कास्कीमा निवेदन दिएका छन्। उच्च अदालतले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मागएको छ।