PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण
प्राइम टिभिको स्क्रिनसट

काठमाडौं : पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ। प्राइम टेलिभिजनका संचालक समेत रहेका धमलालाई पत्रकार आचार संहिता विपरित गएर समचार संकलन गरेको भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको हो।

चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दलमा सहभागी हुने क्रममा उनी दिल्ली पुगेका थिए। दुई दिनपछि दिल्लीबाट फर्किने क्रममा विमानभित्रै र विमानस्थलको सुरक्षाको दृष्टीकोणले संवेदनशिल क्षेत्रमा अनुमति नलिइ उनले भिडियो रेकर्ड गरेका थिए। जुन सामाग्री चैत २० गते प्राइम टेलिभिजनको ' जनता जान्न चाहान्छन्' कार्यक्रममा प्रशारण गरिएको थियो। कार्यक्रम प्रशारण भएपछि पत्रकार धमलाको आलोचना भइरहेको छ।

काउन्सिलले सोधेको पत्रमा भनिएको छ,' पत्रकार तथा संचार माध्यमले सूचना तथा संकलन र सम्प्रेषण सभ्य र शिष्टरुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेसागत अभ्यासमा सामाजिक शिष्टता र मयादित कार्यशैली प्रयोग गनुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को व्यवस्था रहेको छ। तसर्थ, सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा मवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफतीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो?'

यस अघि धमलाले नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमति बिना नै बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषयले चर्चामा आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell