PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मकवानपुरको शान्तिपुरका तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थीद्वारा विद्यालय तोडफोड



पहिलोपोस्ट

मकवानपुरको शान्तिपुरका तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थीद्वारा विद्यालय तोडफोड

हेटौंडा : मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरस्थित जनता माध्यामिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन्। कक्षा ४,५,६,७ र ८ मा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने ३ जना शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका हुन्।

विद्यार्थीले तोडफोड गर्दा विद्यालयको डिजिटल स्क्रिन, प्रोजेक्टर, बेन्च, गमला, डस्टबिनहरुमा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक वसन्त राईले जानकारी दिए।

३ शिक्षकमाथि छात्राहरुलाई बारम्बर यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। वार्ताका क्रममा असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेको प्रधानाध्यापक राईले बताए। उनका अनुसार आरोपित शिक्षकहरु केही दिनदेखि बिदामा बसेका छन्।

विद्यालयलाई प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। विद्यार्थीहरुले आरोपी शिक्षकविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरिरहेका छन्।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले छात्राहरुलाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका थिए। जाहेरी आएपछि कारवाही अघि बढ्ने उनले बताए।

‘घटनास्थलमा प्रहरी पुगेको छ। यस विषयमा सोधपुछ भइरहेको छ। २-३ दिन अगाडिको घटना रहेछ। जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell