काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।
डीआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा चढेको थियो। न्यायाधीश चुडालले दुवै पक्षलाई बढुवाको विषयमा बुझ्न छलफलको लागि बोलाउन आदेश दिएका हुन्।
सोमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो।
एआइजी बढुवाविरुद्ध डीआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। मन्त्रिपरिषद् बैठकले डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।