PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सहयोग पाए रेलमार्ग निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ, ‘काठमाडौंलाई व्यापारको हब बनाउने’



पहिलोपोस्ट

सहयोग पाए रेलमार्ग निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ, ‘काठमाडौंलाई व्यापारको हब बनाउने’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा व्यापार सहजीकरणका लागि रेलमार्ग आवश्यक रहेको बताएका छन्। चोभारस्थित सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋण वा अनुदान सहयोग पाए रेलमार्ग बनाउने बताएका हुन्।  

'व्यापार सहजीकरणका लागि रेलमार्ग जरुरी छ। यसको लागि ठूलो खर्च लाग्छ। सहयोग पाएमा रेल पक्कै बनाउँछौं,' देउवाले भने।

उनले काठमाडौंलाई व्यापार हबका रुपमा विकास गर्ने सरकारको योजना रहेको बताए। साथै सरकारले देशको अन्य स्थानमा पनि गुणस्तरीय व्यापार पूर्वाधार निर्माणमा लागेको जानकारी दिए।

प्रधामन्त्रीले सुक्खा बन्दरगाहको उद्घाटन गरेसँगै यातायात विकास समितिले वीरगंजबाट विद्युतीय लक लगाएर ल्याएका चारवटा मालवाहक सवारी साधन भन्सारमा प्रवेश गरेको थियो।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सीमानाकाभन्दा भित्रको पहिलो बन्दरगाहको सुरुवातले सडकबाट सिधै समुन्द्रमा जोडिएको व्यापारले तीब्रता पाउने बताए। बन्दरगाहले आयात सहजीकरण र खर्च कम गर्न मद्दत पुग्ने उनको भनाई थियो।

बन्दरगाह निर्माण एक कासेढुंगा सावित भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। चोभार बन्दरगाहलाई अझ बढी प्रयोगमा ल्याउनका लागि फास्ट ट्रयाक संचालनमा ल्याउनुपर्ने र रेलवे सेवा जोड्नुपर्ने गोल्छाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell