PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने



पहिलोपोस्ट

विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर नेपाल फर्किँदा दिल्ली-काठमाडौं उडानका क्रममा विमान नै असभ्य र उडान सुरक्षाप्रति असंवेदनशील व्यवहार देखाएका पत्रकार ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारवाही गर्ने भएको छ।

आइतबार प्रधानमन्त्रीसहितको भीआईपी टोली सवार नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडानमा धमलाले उडानका क्रममा अपनाउनुपर्ने नियमलाई उल्लंघन गर्दै निषेधित कक्षमा क्यामरासहित प्रवेश गरेपछि क्यानले उनलाई कारवाही अगाडि बढाउन लागेको हो।

धमलाले प्रधानमन्त्री देउवा बसेको बिजनेश क्लास 'साँग्रिला' तर्फ अनुमति नलिइ जबरजस्ती भिडियो क्लिप लिँदै प्रवेश गरेका थिए। विमानका कर्मचारीले रोक्न खोज्दा समेत धमलाले ‘प्रोटोकल’ तोडेका थिए। उडानकै क्रममा धमलाले देखाएको उक्त व्यवहार उडानका साथै प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा ‘प्रोटोकल’को समेत उल्लंघन भएकाले उनलाई कारबाही अगाडि बढाउन लागेको प्राधिकरणका एक अधिकारीले बताए। 'हामी यो विषयमा छानविन गरेर कारवाही अगाडि बढाउने छौं। जो कोहीले पनि यसरी जहाज उड्ने क्रममा एउटाबाट अर्को कक्षमा जान पाउँदैन।'

दिल्ली-काठमाडौं रुटको नेपाल वायुसेवा निगमको उडान नं. २१८ मा यो घटना घटेको हो। यसविरुद्ध उजुरी दर्ता भएलगत्तै कारवाही अगाडि बढाउने तयारी रहेको निगमले जनाएको छ।

'इकोनोमिक क्लासमा रहेका प्यासेन्जर विजनेशमा र विजनेशका इकोनोमिक क्लासमा जान नपाइने प्रावधान छ। त्यो दिन धमला क्यामरा अन गरेर बलजफ्ती बिजनेश क्लासमा प्रवेश गरेको पाइएको छ। उजुरी फाइल भएलगत्तै हामी कारवाही अगाडि बढाउने छौं,' उक्त उडानका संयोजक क्याप्टेन आरके शेरचनले भने।

यसैगरी, नेपाल प्रेस काउन्सिलले पनि पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै धमलासँग स्पष्टीकरण मागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell