PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चौथोपटक ल्याइयो यौन हिंसाविरुद्धको अध्यादेश, तेजाब नियमनलगायत कुन कुन भए जारी?



पहिलोपोस्ट

चौथोपटक ल्याइयो यौन हिंसाविरुद्धको अध्यादेश, तेजाब नियमनलगायत कुन कुन भए जारी?

काठमाडौँः संसद्बाट प्रतिस्थापन नहुँदा तीन पटकसम्म निष्क्रिय भएका पाँच अध्यादेश पुनः जारी भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्। जारी भएका सबै अध्यादेश चौथोपटक ल्याइएको हो। यसअघि तीन पटकसम्म प्रतिस्थापन नभएर ती अध्यादेश निष्क्रिय भएका थिए।

मंगलबार जारी अध्यादेशमा यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय अध्यादेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell