PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आयोगसँग गरेको आचारसंहिता कार्यान्वयनको प्रतिवद्धता दलहरुले गर्लान् पालना? यस्ता छन् ६० बुँदे निर्देशन



पहिलोपोस्ट

आयोगसँग गरेको आचारसंहिता कार्यान्वयनको प्रतिवद्धता दलहरुले गर्लान् पालना? यस्ता छन् ६० बुँदे निर्देशन

काठमाडौँः राजनीतिक दलहरुले आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता पालना गर्न निर्वाचन आयोगसमक्ष प्रतिवद्धता जनाएका छन्। मंगलबार आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा दलहरुले प्रतिवद्धता जनाएका हुन्। दलीय प्रतिवद्धतासँगै आयोगले दलहरुलाई ६० बुँदे निर्देशन समेत दिएको छ। यस्तै, निर्देशन कार्यान्वयनको सहजीकरणका लागि थप पाँच बुँदे निर्देशन समेत आयोगले दिएको छ। 

आयोगले आचारसंहितामा उल्लेखि व्यवस्थालाई नै निर्देशनका रुपमा उल्लेख गरेको छ। 

निर्वाचन प्रचारप्रसार, चुनावी खर्चको विधिलगायतमा निर्देशन दिइएको छ। निर्देशनमा चुनाव प्रचारका लागि सार्वजनिक सम्पत्तिको प्रयोग गर्न, कानुन विपरीतको आर्थिक सहायता लिन बन्देज गरिएको छ। यस्तै, चुनावी खर्च र २५ हजार रुपैयाँभन्दा बढी रकम बैंकिङ च्यानलबाट प्रयोग गर्न पनि निर्देशनमा उल्लेख छ। 

निर्वाचन खर्चको उत्तरदायित्व, मौन अवधिको पालना, सवारीसाधनको प्रयोगलगायतमा पनि आयोगले निर्देशन दिएको छ। 
यस्तो छ ६० बुँदे निर्देशन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell