PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

गण्डकी सरकारले माग्यो सरुवा रोग अस्पताल व्यवस्थापक समितिका अध्यक्षलाई स्पष्टीकरण



पहिलोपोस्ट

गण्डकी सरकारले माग्यो सरुवा रोग अस्पताल व्यवस्थापक समितिका अध्यक्षलाई स्पष्टीकरण

पोखराः गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरेको छ। चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले अध्यक्ष पौडेललाई स्पष्टीकरण माग गरिएको बताए।

तत्कालीन पृथ्वीसुब्बा गुरुङ सरकारले २०७८ वैशाख १४ गते पौडेलसहित सदस्यमा स्वास्थ्य विशषेज्ञ डा ध्रुब अधिकारी, रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई नियुक्त गरेको थियो।

मन्त्रिपरिषद्ले चारै जनासँग स्पष्टीकरण सोधेको हो।

अध्यक्ष पौडेलले मंगलबार स्वास्थ्य मन्त्रालयमार्फत स्पष्टीकरण पत्र प्राप्त गरेको बताए।

प्रदेश सरकारले स्थापन दिवसमा सरुवा रोग अस्पताललाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्ने निर्णय गरेको थियो। त्यसको एक महिनापछि अध्यक्षलाई स्पष्टीकरण सोधिएको भन्दै अध्यक्ष पौडेलले आश्चर्य प्रकट गरे।

'स्थापना दिवसको दिनमा चाहिँ हाम्रो अस्पताल उत्कृष्ट भनेर उहाँहरुले घोषणा गर्नुभाथ्यो त्यसको एक महिनापछि किन नहटाउने भनेर होला पत्र दिनुभाछ,' उनले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell