PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य : निगम ३५ अर्ब घाटामा, पेट्रोलको भाउ १८२ पुग्ने



पहिलोपोस्ट

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य : निगम ३५ अर्ब घाटामा, पेट्रोलको भाउ १८२ पुग्ने

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ। मंगलवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ।

निगमले पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब सिलिण्डरको १६ सय रुपैयाँ पुर्‍याएको छ।

मुल्य स्वचालिन बनाइने

नेपाल आयल निगम ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्मासहितको उच्चस्तरीय सरकारी अधिकारी सहितको बैठकले एक महिनाभित्र स्वचालित मूल्य प्रणाली लागू गरिसक्ने सहमति गरेको हो। नेपाल आयाल निगमको संचालक समितिले औपचारिक निर्णय गरेर नयाँ मूल्य निर्धारण गर्ने छ।

यसो हुँदा पेट्रोलको मूल्य (आजको दिनमा) १८२ रुपैयाँ पुग्ने छ भने डिजेलको १७० रुपैयाँ १७ पैसा नाघ्ने छ। खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ ६६ पैसा पुग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell