PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

युक्रेन युद्धका कारण एसियाको आर्थिक वृद्धि घट्ने, नेपालमा मुद्रास्फीति ६.५ प्रतिशत हुने प्रक्षेपण



पहिलोपोस्ट

युक्रेन युद्धका कारण एसियाको आर्थिक वृद्धि घट्ने, नेपालमा मुद्रास्फीति ६.५ प्रतिशत हुने प्रक्षेपण

युक्रेनमा भइरहेको युद्धका कारण एसियाको विकासको गतिमा कमी आउने एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ। यस वर्षको बृद्धि अघिल्लो वर्ष भन्दा कमी आउने बताइएको छ।

सन् २०२२ मा चीन र भारतसमेत रहेको यस क्षेत्रको आर्थिक बृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। गत डिसेम्बरमा ५.३ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको थियो। युक्रेन युद्धका कारण यस क्षेत्रको जीडीपी घट्ने प्रक्षेपण भएको हो। यस क्षेत्रमा गत वर्ष जीडीपी ६.९ प्रतिशतले बृद्धि भएको थियो। 

२०२३ मा भने यस क्षेत्रको आर्थिक बृद्धि ५.३ प्रतिशत प्रक्षेपण गरिएको छ। ‘कोभिड-१९ सँग जुधिरहेको विकास हुँदै गरेको एसियाको विकासलाई यक्रेनमाथि रुसको आक्रमणले नराम्ररी प्रभाव पारेको छ,’ एडीबीको एसियन डेभलप्मेन्ट आउटलुक रिपोर्टले भनेको छ।

एसियाली विकास बैंक (एडीबी)ले ‘डेभलपिङ एसिया’को रुपमा ४६ देशलाई समावेश गरेको छ। अमेरिकाले मौद्रिक नीतिमा कडाइ गर्दा एसियाली मुलुकमा वित्तीय अस्थिरता आउन सक्नेसमेत बताइएको छ।

रिपोर्टमा नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन २०१९ मा २.९ र २०२० मा -२.१. प्रतिशत थियो। त्यस्तै, रिपोर्टमा सन् २०२३ मा नेपालको जीडीपी ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

नेपालमा २०२२ मा मुद्रास्फीति ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन २०२१ मा ३.६ प्रतिशत थियो। वर्ष २०२३ मा ६.२ प्रतिशतले मुद्रास्फीति हुने प्रक्षेपण  गरिएको छ।

यद्यपि, यस वर्ष नेपालको पर्यटन क्षेत्रमा व्यापार बढ्न सक्ने र यसको फाइदा पुग्न सक्ने रिपोर्टमा भनिएको छ। कम्बोडिया, मलेसिया, थाइल्याण्ड लगायतका देशमा क्वारेन्टाइन लगायतका कडाइको व्यवस्थाका कारण यसको फाइदा कम कडाइ भएका देशहरु नेपाल, माल्दिभ्स, श्रीलंका जस्ता देशले फाइदा लिन सक्ने रिपोर्टमा उल्लेख छ।

त्यस्तै, नेपालमा १.३ प्रतिशतमा कृषि उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन गत वर्षको २.४ प्रतिशतको वृद्धि भन्दा कम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell