PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बालकोटबाट फर्केर खुमलटार पुगेपछि पित्तबहादुरले प्रचण्डलाई भने : परिबन्दमा परेँ, जनताले सुत्न दिएनन्



पहिलोपोस्ट

बालकोटबाट फर्केर खुमलटार पुगेपछि पित्तबहादुरले प्रचण्डलाई भने : परिबन्दमा परेँ, जनताले सुत्न दिएनन्
फोटो : प्रचण्डको सचिवालय।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) फेरि मा‌ओवादीमै फर्किएका छन्। २ दिनभित्रै पुरानै पार्टीमा फर्किएका डल्लाकोटीले बुधवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

प्रचण्डकै निवास खुमलटार पगेर डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टिकरण दिएको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। डल्लाकोटीले चैत्र २१ गते ओलीको हातबाट टीका र माला लगाएर एमाले प्रवेश गरेका थिए।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो,’ डल्लाकोटीको भनाइ उदृत गर्दै मल्लले भने।

तर, जनता र कार्यकर्ताले आफूलाई २ दिनसम्म नछोडेको र राति सुत्न नदिएको प्रचण्डलाई डल्लाकोटीले स्पष्टिकरण दिए।

‘मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति  गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु,’ डल्लाकोटीले प्रचण्डलाई भनेका छन्।

प्रचण्डले अब गल्ती महसुस गरिसकेकाले काममा फर्किन भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell