PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी पक्का



पहिलोपोस्ट

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी पक्का

काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो।

फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले बताए।

फिल्मको छायांकन असारबाट सुरु गर्ने जनाइएको छ। फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम र सनिष खकुरेको लगानी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell