PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

टिकटको विषयमा विवाद हुँदा खनिया गाउँपालिकाका अध्यक्षमाथि कांग्रेस कार्यकर्ताबाटै आक्रमण



रासस

टिकटको विषयमा विवाद हुँदा खनिया गाउँपालिकाका अध्यक्षमाथि कांग्रेस कार्यकर्ताबाटै आक्रमण
खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ

काठमाडौं : धादिङको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको हो।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस वडा अध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका तामाङमाथि आक्रमण भएको हो। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन्।

पाख्रिन र अध्यक्ष तामाङबिच टिकटका विषयमा विवाद भएको बताइएको छ। घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ।

आरोपित पाख्रिनलाई गए राति नै प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell