PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भगवा लगाएका युवकहरुको प्रतिरोधमा ‘अल्लाह हु अक्बर’ भनेकी मुस्कानको अलकायदा प्रमुखले गरे प्रशंसा



पहिलोपोस्ट

भगवा लगाएका युवकहरुको प्रतिरोधमा ‘अल्लाह हु अक्बर’ भनेकी मुस्कानको अलकायदा प्रमुखले गरे प्रशंसा

अलकायदा प्रमुख अल जवाहिरीले भारतकी एक किशोरीको प्रशंसा गरेका छन्।

केही समय अघि कट्टरपन्थी हिन्दु समूहले हिजाब लगाएको विषयमा कर्नाटकको विद्यालय परिसरमा छात्राहरुलाई प्रवेश गर्न रोक लगाएका थिए। त्यही क्रममा मुस्कान खानलाई पनि कलेज पुग्दा रोकिएको थियो। भगवा लगाएका युवकहरुले ‘जय श्री राम’ भन्दै रोक्न खोज्दा मुस्कानले ‘अल्लाह हु अक्बर’ भनेकी थिइन्। त्यसपछि मुस्कानको भिडियो विश्वभर चर्चाको विषय बनेको थियो।

जवाहिरीले एक भिडियोमा भारतकी मुस्कानको तारिफ गरेका हुन्। जसमा मुस्कानलाई ‘भारतकी महान् महिला’ भनेर उल्लेख गरिएको छ। जवाहिरीले उक्त भिडियोमा मुस्कानले देखाएको साहसको सम्मान गर्ने बताएका छन्।

२०२० मा जवाहिरीको मृत्यु भएको खबर सार्वजनिक भएको थियो। त्यसपछि अलकायदाले जवाहिरीको भिडियो सन्देश पटकपटक सार्वजनिक गर्दै आएको छ। पछिल्लो समय पनि जवाहिरीको मृत्यु भएको हल्ला चलेको थियो। नया भिडियोले ती हल्लाहरु पनि झुटा भएको प्रमाणित गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell