PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एलन मस्क विश्वकै धनी, विनोद चौधरी धनाढ्यहरुको सूचीमा १९२९ औं नम्बरमा



पहिलोपोस्ट

एलन मस्क विश्वकै धनी, विनोद चौधरी धनाढ्यहरुको सूचीमा १९२९ औं नम्बरमा

काठमाडौंः टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्।

उनले केही दिनअघि मात्रै ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका थिए। फोर्ब्सले सार्वजनिक गरेको ३६औं वार्षिक अर्बपतिहरुको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा छन्। अमेजनका कार्यकारी अध्यक्ष जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलो स्थानमा उक्लिएका हुन्। जेफ बेजोस १९१ अर्ब डलरसहित दोस्रो स्थानमा झरेका छन्।

बर्नार्ड अर्नाल्ट र फेमिली १५८ अर्ब डलरसहित तेस्रो स्थानमा रहेको फोर्ब्सले जनाएको छ। माइक्रोसफ्टका बिल गेट्स १२९ अर्ब डलरसहित चौथो स्थानमा रहँदा वारेन बफेट ११८ अर्ब डलर सम्पत्तिका साथ पाँचौं स्थानमा छन्।

भारतीय धनाढ्य मुकेश अम्बानी ९०.७ अर्ब डलरका साथ अर्बपतिहरुको सूचीमा १०औं स्थानमा छन्। ९० अर्ब डलर सम्पत्तिका साथ भारतकै गौतम अडानी ११औं स्थानमा छन्। मेटाका संस्थापक मार्क जुकरबर्ग भने १५औं स्थानमा झरेका छन्। ६७.३ अर्ब डलरका साथ उनी धनाढ्यहरुको सूचीको शीर्ष १० बाट बाहिरिएका हुन्। फेसबुक प्रयोगकर्तासँगै आम्दानी घटेसँगै जुकरबर्गको सम्पत्तिमा ह्रास आएको बुझिएको छ। सँगै जुकरबर्गले आफ्नो ठूलो सम्पत्ति मेटामा लगानी गरिरहेका सम्पत्ति घट्दै गएको छ।

नेपालका एक मात्रै अर्बपति विनोद चौधरी धनाढ्यहरुको सूचीमा १९२९ औं नम्बरमा छन्। यो वर्ष १० करोड डलर थपिएसँगै चौधरीको सम्पत्ति १.५ अर्ब डलर पुगेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell