PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत बेच्न पायो अनुमति



पहिलोपोस्ट

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत बेच्न पायो अनुमति

काठमाडौंः नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ। २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट मात्रै विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न नेपालले स्वीकृति पाएको थियो।

ऊर्जा मन्त्री पम्फा भुसालसहित बुधबार पत्रकार सम्मेलन गर्दै बिजुली बेच्न पाउने क्षमता ३९ मेगावाटमा ३२५ मेगावाट थप गरी कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने जानकारी गराइएको छ।

अब नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न अनुमति पाएको ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

यसबाट वर्खायाममा उत्पादित विद्युत नेपाल भित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भएर व्यापार घाटामा केही कमी आउने अपेक्षा सरकारको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell