PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वाग्मती सरकारले ल्यायो तीनवटा अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बाटो खुल्यो



पहिलोपोस्ट

वाग्मती सरकारले ल्यायो तीनवटा अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बाटो खुल्यो

हेटौंडा : वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याएको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका सबै स्थानीय तहका कर्मचारी तथा कार्यालय संचालन सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त अध्यादेशसँगै अन्य दुई अध्यादेश पनि सरकारले ल्याएको बताए। प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र  प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको उनले बताए।

सरकारले ल्याएका ३ वटा अध्यादेश भने प्रदेश प्रमुख यादव चन्द्र शर्माले स्वीकृत गरेपछि लागू हुनेछ ।

यस्तै, सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत एक विद्यालय एक नर्स कार्यक्रम संचालन -पहिलो संशोधन कार्यविधि, २०७८ र  कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृतको लागि सहमति सम्बन्धमा निर्णय पनि गरेको छ।

संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यादेश मार्फत् काम चलाउनु परेको खनालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell