PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय फिर्ता लिन पूर्व मुख्यमन्त्री पौडेलको माग



पहिलोपोस्ट

हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय फिर्ता लिन पूर्व मुख्यमन्त्री पौडेलको माग

हेटौँडाः वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गराउने प्रदेश सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। पौडेलले निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। पत्रकार सम्मेलन गर्दै निर्णय फिर्ता नभए मकवानपुरबासीले आन्दोलन गर्ने चेतावनी दिए।

राजनीतिक प्रतिशोधका कारण वर्तमान गठबन्धन सरकारले प्रदेशका गौरवका रुपमा रहेका विभिन्न योजना धमाधम रोक्ने काम गरिरहेको पनि पौडेलले आरोप लगाए। तत्कालीन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने काममा सरकारले लागेको पनि उनको आरोप छ।

५० शय्यामा सीमित रहेको अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तर गर्ने यसअघिको सरकारको कदमलाई वर्तमान सरकारले रोकेकोमा उनले खेद प्रकट गरे। सरकारको निर्णयलाई पौडेलले राजनीतिक बेइमानी भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell