
काठमाडौं : नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ‘नेशनल आर्टिस्ट अवार्ड-२०७९’ गर्न लागिएको छ। अवार्डका लागि आजबाट आवेदन समेत खुल्ला गरिएको छ। आवेदन बैशाख ३० गतेसम्म भर्न सकिनेछ।
सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा गर्ने उद्देश्य रहेको आयोजकको दावी छ। मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक संस्था साहित्य सरोवर मिडिया प्रालिले जनाएको छ। साथै, जेठको अन्त्यसम्म अवार्ड प्रदान गरिने बताइएको छ।
मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना हुन लागेको कार्यक्रम निर्देशक जसबहादुर याक्खाले बताए।
प्रतियोगितामा गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिकाहरूले भाग लिने सक्नेछन्। त्यसैगरी, पर्व विशेष गित (तिज, दशैँ तिहार, होली), भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली) भजन, पप-आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले पनि सहभागिता जनाउन सक्ने आयोजक जनाएको छ।