
काठमाडौंः ललितपुरमा कारले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको छ।
माहालक्ष्मी नगरपालिका-८ लुभु बिष्णुडोलस्थित सडकमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका-९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।