PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गैरसांसद गोबिन्द बन्दीलाई देउवाले बनाए कानुनमन्त्री, बडूलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी



पहिलोपोस्ट

गैरसांसद गोबिन्द बन्दीलाई देउवाले बनाए कानुनमन्त्री, बडूलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी
फोटो : पुष्प केसी।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायी गोबिन्द बन्दीलाई कानुनमन्त्री बनाएका छन्। गैरसांसद बन्दीलाई मन्त्री बनााउन उनले बिहीवार सिफारिस गरेका हुन्।

राष्ट्रपति कार्यालयमा दिउँसो २ बजेका लागि उनको सपथको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। बन्दीले मिलिनियम च्लायनेन्ज कर्पोरेशन एमसीसी संसद्बाट पारित गराउन सत्ता गठबन्धनलाई सघाएका थिए।

यसअघि नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूलाई देउवा क्याबिनेटमा कानुनमन्त्री थिए। देउवाले बडूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन्। आपूर्ति मन्त्रालय महिनौं देखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नियुक्त भएको केहीदिनमा नै राजीनामा दिएका थिए। हमाल पनि गैर सांसद थिए।

संविधानको धारा ७८ मा गैरसांसद पनि मन्त्री हुन सक्ने व्यवस्था छ। तर, ६ महिनाभित्र संघीय संसद्को सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell