PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'



पहिलोपोस्ट

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ।

पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी दिए। यो नाटक काठमाडौं र पोखरामा मात्रै नभई देशैभरि देखाउने तयारी गरिरहेको समेत उनले बताए।  

यसअघि थिएटर यो नाटक मल-किर्तीपुर रङ्गमञ्चमा मञ्चन भइसकेको छ। अञ्जान प्रदीपको निर्देशन रहेको नाटकलाई चौथो आयामले तयार पारेको हो। 

नाटकमा समृद्धि र सञ्जय साथै हाङ ओ हाङ राई, मञ्जु महर्जन, शैली शर्मा, सविना गोपाली, जेनी सुनुवार, अस्मिना भारती, कीर्ति भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell