PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै



पहिलोपोस्ट

रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै
Photo : UN

काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो। 

युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो। 

महासभामा दुई तिहाई मत मार्फत ४७ सदस्यीय मानवअधिकार परिषद्को सदस्यबाट कुनै पनि सदस्यलाई हटाउन सकिन्छ। सन २०११ मा लिबियाका नेता मुअम्मर गद्दाफी नेतृत्वको सेनाले प्रदर्शनकारीलाई हिंसात्मक दमन गरेको भन्दै परिषद्को सदस्यबाट बर्खास्त गरिएको थियो। 

पश्चिमा कुटनीतिज्ञहरु रसियालाई परिषद् सदस्यबाट हटाउन सकिनेमा पूर्ण विश्वस्त रहेको रोयटर्सले जनाएको छ। 

महासभाले पारित गर्ने प्रस्तावको ड्राफ्टमा 'युक्रेनमा जारी मानवअधिकार र मानवीय संकटमा गहिरो चिन्ता' व्यक्त गरिएको छ। यस सम्बन्धी प्रस्तावलाई अगाडि बढाउने निर्णय मंगलवार भएको थियो। 

राष्ट्र संघका लागि अमेरिकी दूत लिन्डा थोमस-ग्रिनफिल्डले रोयटर्ससँग भनेकी छन्, 'यो (रसियालाई) बताउन महत्त्वपूर्ण छ की हामीले कुनै पनि महत्त्वपूर्ण छ कि हामी तपाईंलाई यस्तो दण्डहीनताको साथ कार्य गर्न र मानव अधिकारको सम्मान गरेको बहाना गर्न अनुमति दिने छैनौं।'

यसैबिच रसियाले महासभामा ल्याइने प्रस्तावको पक्षमा मतदान गर्ने र अनुपस्थित हुने देशलाई चेतावनी दिँदै त्यस्तो कार्य 'गैरमैत्री संकेत' हुने र यसको प्रभाव द्विपक्षीय सम्बन्धमा पर्ने बताएको छ।  

फेब्रुअरी २४ मा रसियाले युक्रेन माथि आक्रमण गरेसँगै महासभाले रसियाविरुद्ध दुई वटा प्रस्ताव अंगिकार गरेको छ। जसमध्ये पहिलो १४१ र दोस्रो १४० मतका साथ पारित भएका थिए। मस्कोले युक्रेन माथि भएको आक्रमणलाई आक्रमण नभनि युक्रेन निसश्त्रिकरणका लागि 'विशेष अप्रेसन' भन्दै आएको छ। 

अमेरिकाले यसअघि नै रसियालाई परिषदबाट हटाउने घोषणा गरेको थियो। युक्रेको बुचा शहरमा भएको हत्याका घटनाले रसियाको आलोचना हुँदै आएको छ। यता राष्ट्र संघका लागि रसियाली दूत भासिली नेवेन्जियाले बुचामा भएको आक्रमणलाई अस्वीकार गर्दै कुनै पनि आम नागरिक माथि हिंसा नभएको दाबी गरेकी छिन्। 

जेनेभामा मुख्यालय रहेको मानव अधिकार परिषद्को तीन वर्षे कार्यकालको दोस्रो वर्षमा रसियामा छ। एक वर्ष बाँकी रहँदा यसले कानुनी हैसियत नराखे पनि बर्खास्त गर्दा राजनीतिक सन्देश जाने भन्दै हटाउने प्रयासमा पश्चिमा देशहरु लागेका हुन्। 

गत महिना परिषदले युक्रेनमा भएका युद्ध अपराध सम्बन्धी आरोप माथि अनुसन्धान सुरु गरेको थियो। 

यसअघि राष्ट्र संघको सुरक्षा परिषद्, महासभा र मानवअधिकार परिषदमा रसियाविरुद्ध मतदान भएका थिए। जसमध्ये नेपालले मानव अधिकार परिषद् र महासभामा युक्रेनको पक्षमा मतदान गरेको थियो। 

राष्ट्र संघका लागि युक्रेनी दूतले राष्ट्र संघको महासभाको ११ औँ सत्रमा रसियालाई मानवअधिकार परिषदबाट बर्खास्त गर्नका लागि फेब्रुअरी २८ मा सुरक्षा परिषदका अध्यक्षलाई पत्राचार गरेका थिए। सुरक्षा परिषदका अध्यक्षले प्रस्ताव महासभाको ११ औं आपतकालीन सत्रमा पेश गरेका हुन्। यो प्रस्तावलाई मंगलवार सबै देशका राजदूतहरुलाई वितरण गरिएको थियो।  

यस प्रस्ताव माथि छलफल बिहीवार स्थानीय समय अनुसार १० बजे छलफल र मतदान हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell