PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नवनियुक्त कानुन मन्त्री गोबिन्द प्रसाद शर्माले लिए सपथ



पहिलोपोस्ट

नवनियुक्त कानुन मन्त्री गोबिन्द प्रसाद शर्माले लिए सपथ

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी)ले सपथ लिएका छन्। राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको सपथ दिलाएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई मन्त्रीमा नियुक्त गरेकी हुन्।

आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नियुक्त भएको केही दिनमा नै राजीनामा दिएका थिए। हमाल पनि गैर सांसद थिए।

यसअघि नेपाली कांग्रेसका नेता बडू देउवा क्याबिनेटमा कानुनमन्त्री थिए। बडूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell