PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारीमा सरकार



पहिलोपोस्ट

सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारीमा सरकार

काठमाडौं : शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको बताएका छन्। उनले प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको समेत बताए।

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरेको बताएका हुन्।

‘सात वटा प्रदेशमा सात वटै सरकारी मेडिकल अस्पताल बनाउने प्रस्ताव क्याविनेटमा लगिएको छ,’ उनले भने, ‘खर्च गर्न पनि तयार छौं। त्यत्रो पैसा बाहिर गएको छ। अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिई डाक्टर हुन पाउने। हामीले यसको समीक्षा गर्‍यौं र सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौ।’

पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्ब ९७ अरब खर्च गरेको देखिएको बताए। त्यसकै समीक्षा गरेर सरकारले नेपालमै मेडिकल शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको उनले बताए।

उनले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै नीति नभएको भन्दै उनीहरुलाई पनि सँगै लिएर जाने नीति लिएको समेत बताए।

उनले सिटिईभिटीलाई सबै स्थानीय तहमा पुर्‍याउने गरी तत्काल काम सुरु हुने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell