PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

इजाजतप्राप्त हतियार बुझाउन बाँके प्रशासनको आग्रह, नबुझाए कारबाही गरिने



रासस

इजाजतप्राप्त हतियार बुझाउन बाँके प्रशासनको आग्रह, नबुझाए कारबाही गरिने
फाइल फोटो।

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ।

स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ। इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ-आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको छ।

सहायक प्रजिअ अधिकारीले बाँकेमा ५५५ जनाले इजाजतप्राप्त हतियार राख्ने अनुमति लिएको उल्लेख गरे। त्यसमा बारबोर, बाइसबोर, एकनाले, दुईनाले भरुवा बन्दुक र केही पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell