PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'सिंगल डिजिट'मा झर्‍यो कोभिड १९ संक्रमित, ३ महिनाअघि दैनिक १२००० माथि पुगेको थियो



पहिलोपोस्ट

'सिंगल डिजिट'मा झर्‍यो कोभिड १९ संक्रमित, ३ महिनाअघि दैनिक १२००० माथि पुगेको थियो

काठमाडौंः कोभिड १९ संक्रमितको सङ्ख्या लामो समयपछि सिंगल डिजिटमा झरेको छ। केही समययता लगातार ‌ओरालो लागिरहेको संक्रमण सिंगल डिजिटमा झरेको हो। तीन महिना अघि दैनिक १२ हजार भन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले स्थिति नियन्त्रणतिर पुगेको हो। संक्रमितको संख्या घट्दा मृत्यू हुनेको संख्या घट्दै केही समय यता शून्यमा स्थिर रहँदै आएको छ।

एक महिना यता संक्रमितको सङ्ख्या तीन डिजिटबाट दुई डिजिटमा कायमै थियो। पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या ७ कायम रह्यो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो। ४ हजार ६ सय ६८ जनामा भएको परीक्षणमा ७ जनामा मात्र सङ्क्रमण देखिएको छ। ७ जना सङ्क्रमित देखिँदा २४ घण्टामा २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य छ।

बुधवार १३ जनामा सङ्क्रमण देखिएको थियो। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ७ सय ४७ रहेको छ। हालसम्म कोरोना सङ्क्रमण भएका ११ हजार ९ सय ५१ जनाको मृत्यु भइसकेको छ। सन् २०२० को जनवरी १३ मा चीनको वुहानबाट नेपाल आएका एक युवकमा कोभिड १९ पुष्टि भएको थियो। उनी नेपाल आएर कोभिड मुक्त भइसकेपछि उनमा उक्त संक्रमण पुष्टि भएको थियो। त्यस्तै धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको थियो जसमा कोभिड संक्रमण पुष्टि भएको थियो। ती महिला नै नेपालमा कोभिड १९ संक्रमणका बिच मृत्यु हुने पहिलो नेपाली नागरिक हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell