PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

वाग्मती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने



पहिलोपोस्ट

वाग्मती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
Photo : RSS

हेटौंडा : वाग्मती प्रदेशमा १२ लाख ५२ हजार ५३९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत प्रदेशका १५ महिनादेखि १५ वर्षमुनिका १२ लाख ५२ हजार ५३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिवार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको जानकारी दिएको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५२० खोप केन्द्र निर्धारण गरिएको छ। खोप केन्द्रमा ८ हजार ८५८ जना खोपकर्मी परिचालन हुनेछन्। खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढी स्वयंसेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए।

८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले बताए। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए।

देशैभर संचालन हुने खोप अभियानको थालनी वाग्मती प्रदेशमा भोलि हुनेछ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिका ५ भोजसिद्ध माविको खोप केन्द्रबाट खोप अभियान सुरु गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell