PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

विभिन्न २० देशमा राजदूत सिफारिस, कसको नाम कहाँ?



पहिलोपोस्ट

विभिन्न २० देशमा राजदूत सिफारिस, कसको नाम कहाँ?

काठमाडौँः सरकारले विभिन्न देश र नियोगहरुमा रिक्त राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। मन्त्रिपरिषदले औपचारिक रुपमा नाम सार्वजनिक गरेको छैन। 

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि नियुक्तिको प्रक्रिया हुनेछ। 

निर्णय अनुसार परराष्ट्र सेवाका आठ अधिकृत र अन्य १२ जना बाहिरबाट राजदूत सिफारिस भएका हुन्। 

सेवा बाहिरबाट चीनमा विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली, अष्ट्रेलियामा कैलाश पोखरेल, श्रीलंकामा बासुदेव मिश्र, मलेसियामा डिल्लीराज पौडेल, रसियामा मिलन तुलाधर, इजरायलमा शान्ता रिजाल, डेनमार्कमा रामसुरज राय यादव र साउदी अरबका लागि नवराज सुवेदीको नाम सिफारिस भएको छ। 

यस्तै परराष्ट्र सेवाबाट नरेशविक्रम ढकाल, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्ले रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell